काठमाडौं – झापा इनर्जी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणमा बिक्री खुलाएको थियो ।
यस्तै, कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।



About Us
प्रतिक्रिया