दसैंपछि हुँदैछ आईपीओको वर्षा: ७५ कम्पनीहरू पाइपलाइनमा, लगानीकर्ताको लागि अवसर


काठमाडौं – शेयर बजारमा लगानी गर्न चाहने साना वा ठुला दुवै लगानीकर्ताका लागि ‘अब कुन कम्पनीको आईपीओ कहिले खुल्छ ?’ भन्ने प्रश्न सधैँ चासोको विषय हुन्छ । विशेषगरी प्राथमिक बजार (प्राइमरी मार्केट) हुँदै दोस्रो बजार (सेकेन्डरी मार्केट) मा प्रवेश गर्न चाहने नवप्रवेशी लगानीकर्ताका लागि आईपीओ निष्कासन अझै महत्त्वपूर्ण मानिन्छ ।

दसैंपछि सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो बजारमा धमाधम आईपीओ आउन लागेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार हाल ७५ वटा कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति मागेर बसेका छन् । यी कम्पनीहरूको आईपीओ दसैंपछि क्रमशः बजारमा आउने तयारी छ । विभिन्न क्षेत्रका ७५ कम्पनीहरूले हाल सेवोनमा कुल ३७ करोड कित्ता भन्दा बढीको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा १६ कम्पनीले १२ करोड ६९ लाख ९२ हजार कित्ता, र अन्य क्षेत्रमा १० कम्पनीले २ करोड ७६ हजार कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

यी सबै कम्पनीका आईपीओ सेबोनबाट अनुमति पाएपछि दसैंपछि मात्रै बजारमा आउने भएका छन् । सेवोनका अनुसार पाइपलाइनमा रहेका कम्पनीमध्ये हाइड्रोपावर क्षेत्रका ३७ कम्पनीले करिब १७ करोड ८५ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका छन् । त्यस्तै, उत्पादनमूलक क्षेत्रमा १६ कम्पनीले १२ करोड ६९ लाख ९२ हजार कित्ता, र अन्य क्षेत्रमा १० कम्पनीले २ करोड ७६ हजार कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

यस्तै, विकास बैंक क्षेत्रले १७ लाख २३ हजार कित्ता, माइक्रोइन्स्योरेन्सका ३ कम्पनीले ६७ लाख ५० हजार कित्ता, र लगानी तथा होटेल–पर्यटन क्षेत्रका ४/४ कम्पनीले गरी करिब ३ करोड २८ लाख कित्ता शेयर निष्कासनका लागि अनुमति मागेका छन् । हालैको विपद्जन्य परिस्थितिले शेयर बजार र सेबोनको कामकाजमा अवरोध आए पनि दसैंपछि यी पाइपलाइनमा रहेका सबै कम्पनीका आईपीओ निष्कासन हुने भएका छन् ।

त्यसमध्ये ११ ठुला कम्पनीहरूले मात्रै १ करोडदेखि ३ करोड कित्तासम्मको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्। ती कम्पनीमा सिउरी न्यादी हाइड्रोपावर, जगदम्बा स्टिल, सोलु हाइड्रोपावर, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, शुभश्री अग्रि सिमेन्ट, महाशक्ती सिमेन्ट, शिवम् होल्डिङ, यूनाइटेड मेवाखोला र डिस मिडिया नेटवर्क छन् ।  यी कम्पनीहरूको ठूलो संख्यामा आईपीओ अब दसैंपछि मात्रै बजारमा आउने पक्का भएको छ।

यी हुन् दसैंपछि आईपीओ खुलाउने ११ ठुला कम्पनीहरू

सेबोनको पाइपलाईनमा विभिन्न सेक्टरका ७० भन्दा बढी कम्पनीहरू आईपीओ निष्कासनको तयारीमा छन् । जसमध्ये हाइड्रोपावर सेक्टर अन्त्रगतको  सिउरी न्यादी हाइड्रोपावरको शेयर सख्याको आधारमा सबैभन्दा ठुलो कम्पनी हो । यस कम्पनीले बोर्डसमक्ष ३ करोड ३ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।

त्यसैगरी, इन्भेष्टमेन्ट सेक्टरको पाइपलाइनमा रहेका ४ कम्पनीहरू मध्ये शिवम् होल्डिङले ठुलो संख्यामा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यस कम्पनीले १ करोड १६ लाख कित्ताको लागि अनुमति मागेर स्वीकृतिको पर्खाइमा छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्रीको योजनासहित कम्पनीले गत वैशाख १८ गते आवेदन दिएको थियो । त्यस्तै, यसै सेक्टर अन्त्रगतको सोलु हाइड्रोपावरले २ करोड कित्ताकालागि अनुमति मागेको थियो भने युनाइटेड मेवाखोलाले १ करोड २३ लाख कित्ताको लागि आवेदन दिएको हो । 

त्यस्तै, उत्पादन तथा प्रशोधन सेक्टर अन्त्रगतको  शुभश्री अग्रि सिमेन्टको २ करोड २ लाख कित्ता शेयरको लागि आवेदन दिएको थियो ।  त्यस्तै,  जगदम्बा स्टिलको २ करोड कित्ता, महाशक्ति सिमेन्टको १ करोड ७८ लाख, सौर्य सिमेन्टको १ करोड ५९ लाख कित्ता त्यस्तै, रिद्धिसिद्धि सिमेन्टको १ करोड २१ लाख र मारुति सिमेन्टको १ करोड १६ लाख कित्ता आईपीओ आउने तयारीमा छ । 

त्यसैगरी, इन्भेष्टमेन्ट सेक्टरको पाइपलाइनमा रहेका ४ कम्पनीहरू मध्ये शिवम् होल्डिङले ठुलो संख्यामा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यस कम्पनीले १ करोड १६ लाख कित्ताको लागि अनुमति मागेर स्वीकृतिको पर्खाइमा छन् । 

त्यसैगरी अन्य सेक्टर अन्त्रगतको  पाइपलाइनमा रहेका ४ कम्पनीहरूमध्ये डिस मिडिया नेथवर्कले कम्पनीले १ करोड ३५ लाख ८४ हजार कित्ता लागी अनुमति मागेको छ । यी ११ वटा कम्पनीहरूले झन्डै २० करोड कित्ता हाराहारीको आईपीओ निष्कासन गर्नेछन् ।