सिरहामा – सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
घटनामा संलग्न आशंकामा प्रहरीले बालकका आफन्त र छरछिमेकसमेत ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। आइतबार राति बेपत्ता भएका अभिषेकको शव सोमबार बिहान गाउँ नजिकैको आँपको बगैंचामा फेला परेको हो।
बिहानै अभिषेकको मोबाइलबाट आमालाई ५ करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो। प्रहरीले अनुसन्धान जारी राखेको र पक्राउ परेकाहरूको नाम हाल गोप्य राखिएको जनाएको छ।





About Us
प्रतिक्रिया