काठमाडौं – अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । यसका लागि मन्त्रालयले सेवा प्रवाहमा हुने गुनासो इमेल, हटलाइन वा तोकिएका व्यक्तिलाई सिधै फोन गर्न आग्रह गरेको छ ।
यसअनुसार सेवाग्राहीले सिधै अर्थमन्त्री रामेश्वर खनाल, मन्त्रालय वा हटलाइन नम्बरमा गुनासो सुनाउन सक्नेछन्। कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएमा समेत यस्तो गुनासो गर्न सकिने भएको छ ।
घुस वा रिसवत माग गर्दै काममा अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भए सिधै अर्थमन्त्रीको इमेलमा पठाउन सकिने अर्थ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
मन्त्री खनालको इमेल [email protected] मन्त्रालयको इमेल [email protected] र हटलाइन (टोलफ्रि) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
यसबाहेक उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ वा शाखा अधिकृत पवित्रा ज्ञवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने समेत मन्त्रालयले जनाएको छ।







About Us
प्रतिक्रिया