बैंकिङ्ग समाचार,काठमाडौं ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालत बाग्लुङले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा.दिवाकर भट्टको इजलासले हिजो सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सहकारीले एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले एक अर्ब ३० करोड रुपैयाँ बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए। उनीहरुले गएको असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए ।
बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो । यस्तै, असार ११ गते इमेज बचत तथा ऋण सहकारी बाग्लुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो ।
सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, गलकोट नगरपालिका–११ की रुपा विक, ढोरपाटन नगरपालिका–१ का डोरबहादुर परियार, ढोरपाटन–१ का सुनिल नेपाली, त्यही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालत बाग्लुङले थुनामा राख्न आदेश दिएको छ ।
सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिएका छन् ।



About Us
प्रतिक्रिया