मौद्रिक नीतिलाई धेरै भारी बोकाउन हुँदैनः स्वर्णिम वाग्ले

मौद्रिक नीतिलाई धेरै भारी बोकाउन हुँदैनः स्वर्णिम वाग्ले


बैंकिङ्ग समाचार, काठमाडौं । 

रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताएका हुन् । 

प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै त्यसले राजस्वमा भने दबाब पार्न नहुने वाग्लेको भनाई छ । उनले विगतका पोलिसीले ल्याएका प्रभावको विषयमा पनि नेपाल राष्ट्र बैंकले बताउनु पर्ने पनि बताएका छन् ।

मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । प्राइभेट फाइनान्समा जनताको अवस्था सहज नभएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए ।