काठमाडौं – अर्थ मन्त्रालय मातहतका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार (असोज ५) देखि लागू हुने गरी अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
जिम्मेवारी हेरफेरँगै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा महेश आचार्यले जिम्मेवारी पाएका छन् । यस्तै, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाइएको छ ।
यसैगरी वित्तीय संघीयता समन्वयमा वित्तीय क्षेत्र व्यवस्थापनकाे जिम्मेवारी सेवन्तक पोखरेलले पाएका छन् ।






About Us
प्रतिक्रिया