काठमाडौं – गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेपछि बन्द भएको शेयर बजारमा आइतबार भने हरियाली छाएको छ । आज कारोबार सुरु भए देखिनै बढेको बजारमा बन्द हुँदासम्म शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय १६ दशमलव ०१ अंकको वृद्धि देखिएको छ।
नेप्सेमा भारी अंककाे वृद्धिसँगै बजार २६२७ दशमलव ९३ को बिन्दुमा राेकिएकाे छ ।शेयर बजार बढेसँगै ३२९ वटा कम्पनीको कुल नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमाको सर्वाधिक रहेको छ । कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४८ करोड २८ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँ, शिवम् सिमेन्टको २७ करोड एक लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफि हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।





About Us
प्रतिक्रिया