नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक सभा सम्पन्न


काठमाडौं – नेक्सजेन म्यानेजमेन्ट एण्ड एन्ड सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एलो पगोडामा उक्त सभा सम्पन्न भएको हो ।

अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए। सञ्चालकअजय कुमार मिश्रले उद्योग व्यवसाय लगानी गर्दाको जोखिम तथा समयानुकुल लगानी गर्दाको फाइदा बारेमा अवगत गराएका थिए ।

साधारण सभामा संस्थापकहरु रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए। अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले उठेको जिज्ञासा र प्रश्नहरुको उत्तर दिएका थिए ।

सभाले आ.व.२०८१।०८२को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप ब्यबस्था गर्ने र आ.व. २०८२।०८३ को लागि लेखा परिक्षकको नियुक्ति पारित गरेको थियो । त्यसैगरी जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर विक्रि गर्न, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाटसर्वसम्मतले अनुमोदन भएको छ ।

नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको हो । यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको, गत वर्ष नगद लाभांश वितरण गरेको, यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको र नेटवर्थ पनि अंकित मुल्य १०० रूपैयाँभन्दा बढी रहेकोले अव नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र व्यवसाय वृद्धि गर्न गइरहेको अवगत गराउन चाहान्छौं ।