काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ ।
निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ । यसअगाडि केन्द्रीय बैंकले असोज २ गते ९० अर्ब रूपैयाँ तान्ने भएको हो ।






About Us
प्रतिक्रिया