काठमाडौं – इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाले सामाजिक सञ्जालमार्फत मीठा कुरा गर्ने विदेशीको विश्वासमा परेर नेपाली महिलाहरूले लाखौँ रुपैयाँ गुमाउने गरेकाे बताएका छन् । डीएसपी अवाकाअनुसार प्रहरीमा हाल त्यस्ता उजुरी दैनिक ३ देखि ४ वटासम्म आउने गरेको छ।
नेपाली महिलाहरू विदेशी नागरिकको जालमा परी आफूलाई उपहार र डलर पठाएको भन्दै विश्वास जितेपछि झूटो माया देखाएर ठगीमा परी लाखौँ गुमाउने गरेको उनले बताए। ‘विदेशी जस्तो देखिने व्यक्तिहरूले पहिले महिलाको टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालहरूबाट व्यक्तिगत विवरण सङ्कलन गर्छन्’ डीएसपी अवा भन्छन्, ‘उनीहरूको भाषा नेपाली जस्तो देखिएपनि प्रायः गुगल ट्रान्सलेटरको प्रयोग गरेर तयार पारिएको हुन्छ, जुन पत्ता लगाउन पीडितलाई मुस्किल पर्छ।’
उनकाअनुसार ती विदेशी ठगहरूले महिलाको सामाजिक, पारिवारिक, आर्थिक अवस्था समेत बुझेर मन जित्ने प्रयास गर्छन्। एकपटक विश्वास जितेपछि उनीहरू उपहार, घर किन्ने प्रस्ताव र नेपालमा आएर सँगै बस्ने सपना देखाउने गर्छन् । ‘उपहार पठाउने बहानामा सुपर मार्केटबाट सामान किनेर भिडियो पठाउने, डलर हालिएको बताउने र त्यसपछि भन्सार शुल्क तिर्न भन्दै पैसा माग्ने क्रम चल्छ,’ ‘उक्त विदेशीले महिलाको टिकटकबाट फेसबुक आइडीका साथै अन्य सामाजिक सञ्जालका आइडीहरू पनि लिएर उसका सबै कुरा पत्ता लगाउने गर्छन् ’ उनले भने ,‘उक्त विदेशीले नेपाली महिलाको को-को साथी छन् । परिवारमा को-को छन्, कहाँ-कहाँ जाने गरेको छ, के काम गर्ने गरेका छन् ? आर्थिक अवस्था कस्तो छ ? जस्ता सबै कुरा सामाजिक सञ्जालका माध्यमबाट पत्ता लगाउने गर्छन् ।’ उनले भने ।
डीएसपी अवा भन्छन्, ‘उनीहरूको भाषा नेपाली जस्तो देखिए पनि प्रायः गुगल ट्रान्सलेटरको प्रयोग गरेर तयार पारिएको हुन्छ, जुन पत्ता लगाउन पीडितलाई मुस्किल पर्छ।’
यसरी पर्छन ठगीकाे जालमा…
‘घर नै किन्न रकम पठाउने, उपहार पठाएको भन्दै उल्टै महिलाको रकम विभिन्न बाहानमा लुट्ने गरेको छ। काठमाडौंको महिला भए विदेशीले चितवनमा घर किन्न भन्ने र चितवनतिर घर भएको महिला भएमा काठमाडौंमा घर किन्न म आउँदा बस्नुपर्छ भन्दै फसाउने गर्छन् ,’ उनले भने ‘उसका कुरा सुनेर नेपालमा रहेका महिला दङ्ग परेर रकम र उपहार पाइने आशामा मख्ख पर्ने गर्छिन्। श्रीमान् पनि घरमा नभएको मौकामा कस्तो माया गर्ने व्यक्ति पाएको भन्दै मख्ख पर्ने गर्छिन् । ’
‘उताबाट रकम आजको फ्लाइट पठाएको छु भोलीसम्म आइपुग्छ, भोलीपल्ट फोन नेपाली नम्बरबाट आउँछ। नेपाली नम्बरबाट आएको फोनमा समेत तपाइको पैसा र गरगहना एयरपोर्ट आएको छ लिन आउनु पर्यो भन्छ । महिलालाई अझ थप विश्वास हुन्छ रकम साँच्चिकै आयो भन्ने हुन्छ । त्यसपछि उक्त नेपाली नम्बरबाट फोन गरेको व्यक्तिले भन्सार शुल्क लाग्छ भन्दै तुरुन्त रकम पठाउन लगाउँछ । उनी आउन्जेलमा यहाँको भन्सार मूल्य सबै तिरेर रकम लैजान सहज बनाउने भनेको हुन्छ । त्यति धेरै रकम र सामान पाउने आशामा उनले पनि रकम हालीदिन्छिन् ।’
यति मात्र नभई उक्त नेपाली नम्बरमा कुरा गरेको व्यक्तिले महिला भएको स्थानसम्म पनि सामान रकम पुर्याउने कुरा गर्छ । श्रीमान् पनि घर नभएको बच्चा पनि स्कुल गएका ती माहिला उनीहरूको कुरामा सहमत हुन्छन् । पैसा केमा पठाउने भने र सोध्छिन् । नेपाली नै बोलेको व्यक्तिले आफ्नो क्युआर पठाउँछ। उनले पनि रकम हालिदिन्छिन् । यसरी महिलाहरू सामाजिक सञ्जालका माध्यमबाट हुने ठगीमा पर्ने गरेका छन् ।






About Us
प्रतिक्रिया