कैलाली भन्सारमा उठेन लक्ष्यअनुसार राजश्व

कैलाली भन्सारमा उठेन लक्ष्यअनुसार राजश्व


बैंकिङ्ग समाचार, काठमाडौं । 

कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।  दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

कैलाली भन्सार कार्यालयलाई गत आ.व.मा भन्सार विभागले  १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो । तर उक्त आ.व.मा  आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताएका छन् । 

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम सङ्कलन भएको उनले बताएका हुन् ।