काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीलाई घुस लिएको आरोपमा एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछिको अन्तिम भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल तथा सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार कार्कीले घुस रकम लिइसकेको अवस्थामा असोज २ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट पक्राउ गरिएको हो। उनीविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।






About Us
प्रतिक्रिया