नेपालमा अपार सम्भावना रहेको र लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री महतको आग्रह 

नेपालमा अपार सम्भावना रहेको र लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री महतको आग्रह 


बैंकिङ्ग समाचार, काठमाडौं । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले अपार सम्भावना रहेकोले लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भर्खर मात्र भारतसँग १० हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताएका छन् ।

महतले नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेकाले नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गरका छन्  ।

नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भएर लगानी गर्न उनले अनुरोध गरे ।