काठमाडौं – नेपाल ल्युव आयल लिमिटेडले लगानीकर्तालाई लाभांश पारित गर्न ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको ३८३ औं बैठकले सो सभा असोज ३१ गते द प्लाजा पुलचोक ललितपुरमा बिहान ११ः३० मा बस्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले सिफारिस गरे बमोजिम २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनाको लागि कम्पनीले असोज १२ गतेदेखि असोज ३१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।



About Us
प्रतिक्रिया