अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको लाभांश घोषणा 


काठमाडौं –  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।