लिलाम हुन छाडेपछि गैह्रबैंकिङ्ग सम्पत्तिले घेरिँदै बैंकहरू, ५० अर्ब नाघ्यो गैह्रबैंकिङ्ग सम्पत्ति


काठमाडौं – कर्जा असुली हुन नसक्दा ऋणीले धितो राखेका सम्पत्ति लिलाम गर्ने प्रयोजनका गैह्रबैंकिङ्ग सम्पत्तिको रूपमा राख्छ । पछिल्लो चार वर्षयता लगातार कर्जा असुली प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थाहरू आफैँ गैह्रबैंकिङ्ग सम्पत्तिले घेरिँदै गइरहेका छन् । कर्जा असुली नहुने र गैह्रबैंकिङ्ग सम्पत्ति पनि लिलाम हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूले यसको व्यवस्थापन गर्न सकिरहेका छैनन् । गैह्रबैंकिङ्ग सम्पत्तिमा मुख्यतः भवन, जग्गा, सवारी साधनलगायतका सम्पत्ति पर्छन् ।

अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेकाले गैह्रबैंकिङ्ग सम्पत्ति थप बढ्ने चिन्ता बैंकरहरूको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ विगतमा कर्जा प्रवाह गर्दा सावधानी अपनाउन नसकेकाले अहिले गैह्रबैंकिङ्ग सम्पत्ति थुप्रिँदै गइरहेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै एक करोड २० लाख रुपैयाँ बराबरको गैह्रबैंकिङ्ग सम्पत्ति थपिएको छ । २०८२ असार मसान्तसम्म ५० अर्ब ५५ करोड पुगेको थियो । यस्तै, गत एक महिनामा नै बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति १ करोड बढी बढ्दा चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल गैह्रबैंकिङ्ग सम्पत्ति ५० अर्ब ५६ करोड पुगेको छ ।

अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेकाले गैह्रबैंकिङ्ग सम्पत्ति थप बढ्ने चिन्ता बैंकरहरूको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ विगतमा कर्जा प्रवाह गर्दा सावधानी अपनाउन नसकेकाले अहिले गैह्रबैंकिङ्ग सम्पत्ति थुप्रिँदै गइरहेको बताउँछन् । उनले भने, ‘अझै पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । कर्जा दिने समयमा बैंकहरूले गरेको केही गल्तीका कारण पनि यसको दर बढिरहेको हो।’

विगतमा बैंकहरूले धितोबापतको घरजग्गाको मूल्यांकन बढाउँदै खराब कर्जाको समेत नवीकरण गरेकाले अहिले त्यसको दुष्परिणाम भोग्नुपरेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा खराब कर्जाको नवीकरण (लोन एभरग्रिनिङ) भइरहेको विषय औँल्याउँदै आइरहेको थियो । तर, राष्ट्र बैंकले त्यसलाई बेवास्ता गर्दै आइरहेको थियो ।

कोभिडपछिको चेन इफेक्टको रूपमा देखा परेको सुस्त आर्थिक गतिविधिसँगै कर्जा असुली प्रभावित हुँदै गयो। अहिले घरजग्गाका मूल्य पनि आकासिएका छन् । जसको परिणाम गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम हुन सकिरहेका छैनन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (इसिएफ)अन्तर्गतको सर्तअनुसार १० ठुला वाणिज्य बैंकहरूको सम्पत्ति मूल्यांकन भइरहेको छ । यसले पनि नेपालमा खराब कर्जाको नवीकरण भइरहेको तथ्यलाई उजागर गर्ने अपेक्षा सरोकारवालाहरूको छ।

बैंकलाई गैह्रबैंकिङ्ग सम्पत्ति बन्दैछ बोझ

बैंकको मुख्य काम भनेको पैसा उठाएर फेरि ऋणमा लगानी गर्नु हो । तर, गैह्रबैंकिङ्ग सम्पत्तिका रूपमा आउने घर–जग्गा वा वस्तुलाई सजिलै नगदमा बदल्न सकिँदैन । धेरै सम्पत्ति थुप्रिँदा बैंकसँग नयाँ ऋण दिन वा निक्षेप फिर्ता गर्न पर्याप्त नगद नहुने जोखिम हुन्छ ।

गैह्रबैंकिङ्ग सम्पत्तिका रूपमा प्राप्त हुने मृत सम्पत्तिबाट बैंकले आम्दानी गर्न पनि सक्दैन । गैह्रबैंकिङ्ग सम्पत्तिको रूपमा ल्याइसकेपछि सम्पत्ति सुरक्षित राख्नुपर्छ, कर तिर्नुपर्छ र मर्मत पनि गर्नुपर्छ । यसले बैंकलाई अतिरिक्त खर्च र प्रशासनिक झमेला निम्त्याउँछ । समयमा लिलाम हुन सकेपछि जग्गा वा घरको मूल्य घट्यो भने बैंकलाई घाटा हुन्छ । ऋण असुल गर्न नसकेकाले बढी गैह्रबैंकिङ्ग सम्पत्ति देखिने हो । यसले सर्वसाधारण र लगानीकर्ताको बैंकप्रतिको विश्वास घटाउँछ ।

सम्पत्ति व्यवस्थापन कम्पनी खोल्न कानुन ल्याउने तयारी

सरकारले चालु आर्थिक वर्षको बजेटमा सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने उद्देश्यले कानुन तर्जुमा गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले ऐनको मस्यौदा तयार पारि अर्थ मन्त्रालय पठाइसकेको छ । लिलाम हुन नसकेका यस्ता सम्पत्तिको पुनर्संरचना गर्ने वा खरिदबिक्रीको जिम्मा लिनका लागि अलग्गै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्न कानुनी व्यवस्था गर्न लागिएको हो ।

यद्यपि, नेपालमा खराब कर्जाको अनुपात दोहोरो अंकमा नपुगेको अवस्थामा छुट्टै कम्पनी स्थापना गर्न नपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन् । भारतमा पनि निष्क्रिय कर्जाको अनुपात दोहोरो अंक पुगेपछि मात्रै एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिएको थियो । थोरै अनुपातमा निष्क्रिय कर्जा हुँदा यसले कम्पनीलाई व्यवसाय पनि कम हुने जोखिम रहेकाले एसेट म्यानेजमेन्ट कम्पनी खोल्न हतार गर्न नहुने सरोकारवालाहरूको तर्क छ। यद्यपि, तत्काललाई बैंकहरू आफैँले अलग्गै पार्टल बनाएर गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापनको प्रयास गरिरहेका छन् ।

चार वर्षमा ६ गुणाले बढ्यो बैंकहरूको एनबीए

गत चार वर्षको राष्ट्र बैंकको तथ्यांकलाई नै हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूरुको गैह्रबैंकिङ्ग सम्पत्ति (एनबीए) ६ गुणाले बढेको छ । राष्ट्र बैंककाअनुसार ०७८ सालमा ९ अर्ब बराबरको गैह्रबैंकिङ्ग सम्पत्ति थियो ।०७९ मा १५ अर्ब रहेको बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति ०८० असार मसान्तसम्म २७ अर्ब पुगेको थियो । गत ०८१ असारसम्म पनि बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति ३० अर्ब १७ करोड रहेको थियो । तर, ०८२ असार मसान्तसम्म आइपुग्दा भने बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति ह्वात्तै बढेको हो।

ऋणीहरूले कर्जा समयमा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्ने गर्छन् । आर्थिक मन्दी नहट्दा बैंकका ऋणीहरूले कर्जा तिर्न नसकेको अवस्थामा बैंकहरूले धितो अचल सम्पत्ति सकार्न र लिलामीको चाप परेको हो ।

०८२ असार मसान्तसम्म ५० अर्ब ५५ करोड पुगेको थियो । यस्तै, गत साउन महिनामा नै बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति १ करोड बढी बढ्दा चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल गैह्रबैंकिङ्ग सम्पत्ति ५० अर्ब ५६ करोड पुगेको छ । यता, विकास बैंकहरूको भने ४ अर्ब बराबरको गैह्रबैंकिङ्ग सम्पत्ति छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा विकास बैंकहरूको औसत एनपीएल ५.०३ प्रतिशत छ ।

ऋणीहरूले कर्जा समयमा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्ने गर्छन् । आर्थिक मन्दी नहट्दा बैंकका ऋणीहरूले कर्जा तिर्न नसकेको अवस्थामा बैंकहरूले धितो अचल सम्पत्ति सकार्न र लिलामीको चाप परेको हो । यता, बैंकहरू ऋणीबाट लिलामी गरेको धितो नै बेच्न नसकेर तनावमा छन् । धितो बिक्री नहुँदा बैंकहरूको गैह्रबैंकिङ्ग सम्पत्ति बढ्ने क्रम नरोकिएको हो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा बढी गैह्रबैंकिङ्ग सम्पत्ति हुने बैंकमा ग्लोबल आईएमई रहेको छ । बैंकको गैह्रबैंकिङ्ग सम्पत्ति ६ अर्ब ५ करोड पुगेको छ । यस्तै, दोस्रोमा हिमालयन बैंकको ५ अर्ब ८२ करोड र तेस्रोमा एनआईसी एशिया बैंक ४ अर्ब ५९ करोड गैह्रबैंकिङ्ग सम्पत्ति छ। यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने गैह्रबैंकिङ्ग सम्पत्ति शून्य छ भने एभरेष्ट बैंकको सबैभन्दा कम गैह्रबैंकिङ्ग सम्पत्ति छ । बैंकको यस्तो सम्पत्ति ५ करोड हाराहारी छ ।

कुन बैंकको गैह्रबैंकिङ्ग सम्पत्ति कति ?

बैंकको नाम     साउन मसान्त
ग्लोबल आईएमई बैंक६ अर्ब ५ करोड
हिमालयन बैंक ५ अर्ब ८२ करोड
एनआईसी एशिया बैंक४ अर्ब ५९ करोड
प्राइम कमर्सियल बैंक ३ अर्ब ९१ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक३ अर्ब ८२ करोड
नबिल बैंक३ अर्ब ४५ करोड
कुमारी बैंक२ अर्ब ५२ करोड
लक्ष्मी सनराइज बैंक२ अर्ब २२ करोड
एनएमबि बैंक१ अर्ब ७९ करोड
प्रभु बैंक१ अर्ब ६१ करोड
कृषि विकास बैंक१ अर्ब ३१ करोड
सिटिजन्स बैंक१ अर्ब २६ करोड
सानिमा बैंक१ अर्ब
सिद्धार्थ बैंक७७ करोड
नेपाल बैंक२६ करोड
राष्ट्रिय वाणिज्य बैंक२५ करोड
नेपाल एसबीआई बैंक९ करोड
माछापुच्छ्रे बैंक६ करोड
एभरेष्ट बैंक५ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक..