काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरबाट पहरीका ४ सय ५५ वटा ब्यारेक र कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको छ । उक्त आन्दोलनमा १ सय ९७ कार्यालय पूर्ण र २ सय ५८ कार्यालयहरूमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको हो ।
त्यस्तै, प्रहरीको साना–ठुला गरी १ हजार १ सय थान हातहतियार लुटिएको प्रहरीले बताएको छ । जेनजी आन्दोलनका क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका छन्,भने १ हजार ९ सय ६३ प्रहरी घाइते भएका भएका छन् ।



About Us
प्रतिक्रिया