काठमाडौं – बुंगल हाइड्रो लिमिटेडको आईपीओ भोलि असोज २ गते बाँडफाँट हुने भएको छ। कम्पनीले भदौं १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्कासन गरेकोमा सो आईपीओ बिहान साढे ९ मा बाँडफाँट गर्ने तयारी गरेको हो।
सो शेयरमा मागभन्दा १४ गुणा बढी आवेदन परेको यस आईपीओको बाँडफाँट गोलाप्रथाबाट हुनेछ । यस आईपीओमा १ लाख ७० हजार १ सय ५० जनाले १०–१० कित्ताका दरले शेयर हात पार्नेछन् ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ।



About Us
प्रतिक्रिया