काठमाडौं – शेयर बजारका विभिन्न लगानीकर्ता संघले नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनाललाई कार्यकालको शुभकामना दिएका छन् । जेनजी आन्दोलनबाट सिर्जित नवीन राजनीतिक परिवेशमा गठित नेपाल सरकारको अर्थमन्त्री जस्तो गरिमामय एवं रणनीतिक जिम्मेवारीमा नियुक्ति भएकोमा पुँजी बजारका चार लगानीकर्ता संघ र संगठनका लगानीकर्ताहरुले उनलाई शुभकामना दिएका हुन् ।
बौद्धिक , नीतिगत मामिलामा गहिरो अनुभव र विशेषगरी नेपालको पुँजीबजारप्रति अर्थमन्त्रीले राखेको स्पष्ट एवं सकारात्मक दृष्टिकोणले समय लगानीकर्ता समुदाय तथा आर्थिक क्षेत्रलाई नै आशावादी बनाएको समेत उल्लेख गरेका छन् । खनाललाई गहन ज्ञान र विगतका सफल अनुभवले विद्यमान आर्थिक चुनौतीहरुलाई चिर्दै एक सुदृढ र गतिशील अर्थतन्त्र निर्माणको मार्ग प्रशस्त गर्नेछ भन्नेमा लगानीकर्ताहरु पूर्ण विश्वस्त रहेको बताएका हुन् ।
लगानीकर्ताहरुले लामो समयदेखिको आर्थिक शिथिलता तोड्दै, उत्पादनशील क्षेत्रमा लगानी प्रवर्धन गरी अर्थतन्त्रलाई एक नयाँ र दिगो मार्गमा डोर्याउन आवश्यक नीतिगत सुधारहरु हुने कुरामा आशाव्यक्त गरेका छन् ।
साथै, पूँजीबजारमा विद्यमान रहेको नीतिगत अस्पष्टता र विसङ्गतिहरूलाई अन्त्य गरी यसलाई थप पारदर्शी, प्रविधिमैत्री र लगानीकर्ता मैत्री बनाउन ठोस पहल हुने र साना तथा ठूला सबै लगानीकर्ताको हित संरक्षण गर्दै बजारको दायरा विस्तार र आधुनिकीकरण मार्फत यसलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख संवाहकको रूपमा स्थापित गर्नेछ भन्ने आशा लगानीकर्ताको खनालमाथि भएको बताएका हुन् ।






About Us
प्रतिक्रिया