पियोर इनर्जीको स्थगित आठौं वार्षिक साधारण सभा असोज ७ गते बोलायो


काठमाडौं – पियोर इनर्जी लिमिटेडले स्थगित आठौं वार्षिक साधारण सभा पुनः बोलाएको छ। जेनजी आन्दोलनका कारण देशमा घटेको बिषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ २४ गते तय गरिएको कम्पनीको सो सभा स्थगित गरिएको थियो। कम्पनीले भदौ २९ गते एक सूचना जारी गर्दै असोज ७ गते सभा गर्ने निर्णय गरेको हो।

सो सभा आनन्द भूमि इभेन्ट्स, बानेश्वर, काठमाडौंमा विहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ । सो सभामा गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, सो सभाका लागि कम्पनीले भदौ ९ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसअर्थ उक्त सभामा भदौ ८ गतेसम्म कायम सेयरधनीहरु मात्र भाग लिन सक्नेछन्।