नाडेप लघुवित्तमा कर्मचारी आवश्यकता


काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बरिष्ठ प्रमुख व्यवस्थापक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्ट ए.सि.सि.ए वा सि.पि.ए तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष वर्षको कार्य अनुभव भएका योग्य व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन् ।

उमेरको हदभने २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित असोज २३ गते भित्र आवेदन दिन सक्नेछन् ।