काठमाडौं – अर्थमन्त्रालयको वेबसाइटमा अर्थमन्त्रीको नाम अगाडि माननीय शब्द नराखीकन नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालको नाम लेखिएको छ । यस अगाडि अन्य मन्त्रालयमा झैँ लेखिदै आएको माननीय शब्द अर्थमन्त्री खनालको सर्तको पालना गर्दै नराखिएको हो ।
‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच प्रधानमन्त्री सुशिला कार्की नेत्तृत्वको मन्त्रीमण्डल विस्तारसँगै मन्त्री बनेको पूर्व अर्थसचिव डा. खनालले मन्त्री बन्नु अगाडि केही सर्त राखेका थिए । त्यसमध्येको एउटा सर्त थियाे, आफ्नो नाम अगाडि माननीय नराख्ने ।
अर्थमन्त्री खनालले निजी सुरक्षागार्ड, सवारीसाधन लगायत सुविधा नलिने शर्त नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राखेका थिए । याेसँगै आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि अर्थमन्त्रायकाे वेबसाइटमा राखिएकाे उनकाे नामकाे अगाडि माननीय राखिएकाे छैन ।

खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् । आज खनालसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले समेत माननीय नराख्ने भएका छन् । उनले आफूहरु माननीय नभएकाले सो पद नराख्न पदभारग्रहणका क्रममा भनेका थिए । सोहीबमोजिम घिसिङलाई समेत माननीय नलेखिने भएको छ ।






About Us
प्रतिक्रिया