सरकारी सुविधा नलिने अर्थमन्त्री रामेश्वर खनालको घोषणा


काठमाडौं – अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड,, सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिन्न, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र?’

खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।