स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ 


काठमाडौं – बाँकेको कोहलपुर नगरपालिका– २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका– ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका– १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।