सानिमा जीआईसी इन्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै कम्पनीको विद्यामान संस्थापक शेयरधनीका लागि सो शेयर बिक्रीमा राखिएकोमा विद्यामान संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेकाले कम्पनीले सो शेयर गैर संस्थापक सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

उक्त, शेयर खरिद गर्न इ्रच्छुकले यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा कम्पनीको प्रधान कार्यालय टंगाल काठमाडौंमा आफुले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।