प्रधानमन्त्री कार्कीले गरिन् अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार, अर्थमा खनाल आउँदा गृहमा अर्याल


काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले अर्थतन्त्र र शान्ती सुरक्षालाई मध्यनजर गर्दै मन्त्रीपरिषद्लाई आंशिकरुपमा विस्तार गरेकी छिन् । भदौ २३ गतेको आन्दोलनमा सरकार पक्षबाट १९ जना मारिएपछि भड्किएको भिडले देशव्यापीरुपमा ठूला क्षती गर्दै प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई पद्च्यूत गरेको थियो । सोही आनदोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले मन्त्रीपरिषद्लाई आंशिकरुपमा विस्तार गरेकी हुन् ।

उनले पहिलो चरणमा तीन जना मन्त्रीको टुंगो लगाएकी छिन् । जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको इच्छाबमोजिम अर्थमन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनाललाई दिएकी छिन् । यस्तै, बालेनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

यस्तै लोडसेडिङ हटाएर वाहीवाही पाएका कुलमान घिसिङले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनलाई ओली सरकारले कार्यकाल सकिन केही महिना बाँकी हुनु अगावै पदबाट हटाएको थियो । उनै घिसिङ यतिबेला ऊर्जा मन्त्री बनेका हुन् ।