काठमाडौं – जेनजी आन्दोलनमा परेर ध्वस्त भएको सिंहदरबार र प्रहरी प्रशासनले सेवा सुचारु गरे पनि शेयर बजार भने बन्द भएको छ । सिंहदरबार र प्रहरी प्रशासनसहित देशभरका आउटलेट जलेर नष्ट भएको भाटभटेनीले समेत सेवा सुचारु गर्दा शेयर बजार भने बन्द भएको हो ।
भदौ २३ गतेको आन्दोलनमा सरकारी दमनपछि १९ जनाको मृत्यु हुँदा २४ गते आन्दोलन आक्रामक बनेको थियो । नयाँ पुस्ताको आन्दोलन विध्वंसमा परिणत हुँदा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालय जलेका थिए।
उता जलेर क्षति पुगेको राष्ट्रपति कार्यालयले आन्दोलनको दोस्रो दिनमा नै काम थालनी गरेको थियो भने प्रधानमन्त्रीको सरकारी निवास समेत प्रयोगमा आइसकेको छ । तर, शेयर बजार भने बन्द गर्ने गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्णय गरेको छ ।
जबकि, प्रधानमन्त्री कार्यालय जलेपनि अर्को व्यवस्था गरेर नवनियुक्त प्रधानमन्त्री शुसिला कार्कीले आजदेखि पदभार ग्रहण गरिसकेकी छिन् । यसबाहेक, जलेर नष्ट भएको स्वास्थ्य र गृह तथा अर्थले समेत आजैदेखि काम थालिसकेका छन् । यता सर्वोच्च अदालतले आजैदेखि आफ्नो सुनुवाइ सुरु गरिसकेको छ।
उता जलेर क्षति पुगेको राष्ट्रपति कार्यालयले आन्दोलनको दोस्रो दिनमा नै काम थालनी गरेको थियो भने प्रधानमन्त्रीको सरकारी निवास समेत प्रयोगमा आइसकेको छ । तर, शेयर बजार भने बन्द गर्ने गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्णय गरेको छ ।
नेप्सेले लगानीकर्ताको पहुँच र प्रभावमा परेर असोज ४ गतेसम्मका लागि शेयर बजार बन्द गराएको हो। जबकि, जलेर खरानी भएको कान्तिपुर टेलिभिजनले आन्दोलनको दोस्रो दिनदेखि नै काम थालनी गरिसकेको छ भने देशव्यापीरुपमा ध्वस्त बनाइएको प्रहरी प्रशासनले २५ गतेदेखि नै काम सुरु गरिसकेको छ ।
भदौ २३ गतेको आन्दोलनमा सरकारी दमनपछि १९ जनाको मृत्यु हुँदा २४ गते आन्दोलन आक्रामक बनेको थियो । नयाँ पुस्ताको आन्दोलन विध्वंसमा परिणत हुँदा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालय जलेका थिए।
तर, थोरै पनि प्रभाव नपरेको शेयर बजार भने दुई हप्ताका लागि एकै पटक बन्द भएको छ । भदौ २४ गतेदेखि बन्द रहेको नेप्सेको कारोबार असोज २ गतेसम्मका लागि बन्द छ । असोज ३ गते शुक्रबार र ४ गते शनिबार रहेकाले असोज ५ गते मात्रै खोल्ने गरी नेप्सेले निर्णय गरेको छ ।
यो नितान्त लगानीकर्ताहरूको समूहको दबाब र प्रभावमा गरिएको निर्णय हो । खासगरी, लगानीकर्ताहरूको एक समूहले बजार घट्ने डर र त्रासका कारण नेपाल धितोपत्र बोर्डसहित नेप्सेको नेतृत्व तहलाई बजार बन्द गर्न दबाब दिएको थियो । यही दबाब झेल्न नसकेर नेप्सेले हतासमा लामो समय कारोबार बन्द गर्ने निर्णय गर्यो ।
सो समयमा लकडाउन खुलेर अर्थतन्त्रसहित सरकारी निकाय सञ्चालनमा आएपछि नेप्से खुलेको थियो । तर, लगातार उच्च अंकले घट्न थालेपछि लगानीकर्ता हारगुहार गर्दै सेबोन घेर्न पुगेका थिए । बजारमा पहिरो नै जाने देखेपछि सेबोनसहित नेप्सेले तत्कालीन समयमा बजार अनिश्चित कालका लागि बन्द गराएको थियो ।
जबकि, उपत्यकासहित देशभरका विद्यालय आज आइतबारदेखि नै खुलेका छन् भने सोमबारदेखि पठनपाठन सुरु गर्नेछन् । यता त्रिभुवन विश्वविद्यालय भने छठपछि मात्रै खुल्ने गरी नियमित समयभन्दा एक साता अघिदेखि बन्द भएको छ । यसबाहेक, सबैजसो निकायले आन्दोलनको प्रभाव बिर्सेर लयमा फर्किँदा परिसूचक घट्ने डरले बन्द गराइएको छ । जुन, सरासर गलत हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली आन्दोलनका क्रममा नै बजार बन्द हुने निर्णय भएकाले असोज ५ गते मात्रै खुल्ने बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘आन्दोलनको प्रभाव र समय लम्बिने सोचेर गत साता नै बजार बन्द रहने निर्णय गर्यौं । यहीकारण असोजको ५ गते मात्रै बजार खुल्छ ।’
तर, उनले यसो भने पनि नेप्सेसहित सेबोन पुगेर एउटा समूहले दबाब दिएको थियो । आन्दोलनको प्रभाव बजारमा पर्ने र परिसूचक घट्ने डर उनीहरूमा भएकाले बजार बन्द गराउन दबाब दिएका थिए । तर, अर्थतन्त्रको ऐना भनिएको बजारले देशको आन्दोलन, बाढी, पहिरोजस्ता समयमा वास्तविकता देखाउनुपर्ने हो ।
उता जलेर क्षति पुगेको राष्ट्रपति कार्यालयले आन्दोलनको दोस्रो दिनमा नै काम थालनी गरेको थियो भने प्रधानमन्त्रीको सरकारी निवास समेत प्रयोगमा आइसकेको छ । तर, शेयर बजार भने बन्द गर्ने गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्णय गरेको छ ।
यही क्रममा लगानीकर्ता र नेप्से तथा सेबोन अघि बढेमा आगामी दिनमा बाढी, पहिरो तथा विभिन्न समस्या आउनसाथ बजार बन्द गर्ने प्रचलन बस्नेछ । जुन, गलत हो । किनकि, नेप्सेले कुनै व्यवस्था नै नरहे पनि हचुवाको भरमा बजार बन्द गराएको छ । यसअघि पनि कोरोना कालमा लगानीकर्ताले दबाब दिएपछि सेबोनको निर्देशनमा बजार बन्द गरिएको थियो ।
सो समयमा लकडाउन खुलेर अर्थतन्त्रसहित सरकारी निकाय सञ्चालनमा आएपछि नेप्से खुलेको थियो । तर, लगातार उच्च अंकले घट्न थालेपछि लगानीकर्ता हारगुहार गर्दै सेबोन घेर्न पुगेका थिए । बजारमा पहिरो नै जाने देखेपछि सेबोनसहित नेप्सेले तत्कालीन समयमा बजार अनिश्चित कालका लागि बन्द गराएको थियो ।






About Us
प्रतिक्रिया