लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द


काठमाडौं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि रोकिएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै अर्को व्यवस्था नहुन्जेलसम्म लाइसेन्स छपाइ र वितरणसहितका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द हुने उल्लेख छ ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी तथा चोरी, लुटपाटका कारण विभागको संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको हो।