बुटवल – जेन-जी आन्दोलनका क्रममा भाटभटेनीबाट समान चोरी गरेपछि बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई बर्खास्त गरेको छ। शनिबार विद्यालयका प्रधानाध्यापक दिनेश थापाको हस्ताक्षरसहित जारी सूचनामा आजैका मितिदेखि लागू हुने गरी विद्यालयबाट उनलाई हटाइएको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरणसंहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैका मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको बेहोरा जानकारी गरिन्छ।’ उनी विद्यालयका कम्प्युटर शिक्षक थिए ।
शिक्षक शुक्लाले प्रदर्शनका क्रममा भाटभटेनीबाट आइसक्रिम चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।




About Us
प्रतिक्रिया