पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की को हुन् ?


काठमाडौं- नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। पहिलो महिला न्यायाधीश बनेकी सुशीला कार्कीलाई सरकार प्रमुख घोषणा गरेसँगै नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको हो।

उनले पहिलो महिला न्यायाधीश बनेको आठ वर्षपछि फेरि पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन् ।

को हुन् उनी ?

पहिलो महिला प्रधान न्यायाधीश बनेर रेकर्ड राखिसकेकी उनी २०७३ साल वैशाख ११ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएकी थिइन्। भोजपुर जिल्लामा जन्मिएकी उनले भारतको वनरास हिन्दू विश्वविद्यालयबाट राजनीतिक विषयमा स्नातकोत्तर गरेकी छिन् भने कानुनको अध्ययन गरेकी छिन्।

केही समय शिक्षण पेशामा समेत आबद्ध रहेकी कार्कीले वकिलको रूपमा आफ्नो यात्रा सुरु गरेर २०४९ सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन्। २०७० सालमा सर्वोच्च अदालतको न्यायधीश र पछि प्रधान न्यायाधीश समेत बनेकी हुन् ।

विगतमा उनले भ्रष्टाचार सुशासन मानवअधिकार लगायत मुद्दामा ऐतिहासिक फैसलाहरू गरेका कारण उनी जेनजीहरूको नजरमा परेकी हुन्।