अब शेयर बजार असोज ५ गतेदेखि मात्र खुल्ने


काठमाडौं – शेयर बजार अर्को साताभरि पनि नखुल्ने भएको छ। नेपालस्टक एक्सचेन्ज (नेप्से) ले आज एक सूचना प्रकाशित गर्दै शेयर कारोबार भदौ २९ गतेदेखि असोज २ गतेसम्म बन्द रहने जानकारी दिएकाे हाे ।

अब परिस्थिति सामान्य बनेको खण्डमा असोज ५ गते आइतबार शेयर अर्थात् दसैँको घटस्थापना (असोज ६ गते) अघिल्लो दिन हो। जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मंगलबारदेखि शेयर बजार बन्द रहेकाे छ ।