अकल्पनीय क्षति ब्यहोरेको आन्दोलनको भार बीमाको थाप्लोमा आउँदै,भूकम्पकोभन्दा धेरै दावीको आँकलन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – भदौ २४ गते देशभर उग्र बनेको जेनजी आन्दोलनले अर्बाै सम्पत्तीको क्षति भएको छ । जसकाकारण बीमा कम्पनीहरुमा भूकम्पनको समयमा परेको १७ अर्ब दावी भन्दा धेरै क्षतिको आँकलन सुरु भएको छ ।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले भौतिक सम्पत्ति, मोटर र व्यवसायिक क्षेत्रमा ठूलो क्षति भएको छ । जसको कारण बीमा कम्पनीहरुमा दाबीहरूको बाढी आउने देखिएको छ । यो आन्दोलनले २०७२ को भूकम्पको १७ अर्ब रुपैयाँको दावीलाई पनि उछिन्न सक्ने आँकलन बीमा कम्पनीहरुले गर्न थालेका छन् ।

बीमा कम्पनीहरूको सीमित चुक्ता पूँजी र जगेडा कोषले यस्तो ठूलो दावी धान्न कठिन हुने देखिएको छ । क्षतिको आधारमा भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, हिल्टन होटल, थापाथलीको सेन्ट्रल विजनेश पार्क, युलेन्स र नामी स्कुलमा क्षति भएको छ । यसबाहेक, टाटा मोटर्स, हुन्डाई मोटर्स लगायत विभिन्न निजी घरहरुमा समेत क्षति पुगेको छ ।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले भौतिक सम्पत्ति, मोटर र व्यवसायिक क्षेत्रमा ठूलो क्षति भएको छ । जसको कारण बीमा कम्पनीहरुमा दाबीहरूको बाढी आउने देखिएको छ । यो आन्दोलनले २०७२ को भूकम्पको १७ अर्ब रुपैयाँको दावीलाई पनि उछिन्न सक्ने आँकलन बीमा कम्पनीहरुले गर्न थालेका छन् ।

सवारी साधनको क्षति सबैभन्दा बढी भएको आँकलन बीमा कम्पनीहरुको छ । बीमा प्राधिकरणको व्यवस्थाअनुसार सम्पत्ति बीमामा आतंकवाद तथा हुलदंगाको बीमा अनिवार्य गरिएको हुन्छ । जसकाकारण बीमा दावी भुक्तानीमा समस्या नहुने जनाएको छ । यस पटकको क्षति हुलदंगा तथा आतंकवाद अन्तर्गतबाट दावी भुक्तानी बढी हुने सम्भावना रहेको छ ।

भूकम्पको समयमा पनि ठूलो भार बीमा कम्पनीहरुलाई परेको थियो । यो समयमा पनि दावीको मूल्यांकन र यसको भूक्तानीको लागि प्राधिकरण र सबै बीमा कम्पनीहरु छलफल गरिरहेको पनि सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बताउँछन् । चंकीकाअनुसार बाढीपहिरोको कारण पनि बीमा कम्पनीहरुमा ठूलो आर्थिक भार परेको थियो । त्यसलाई मिलाउन समस्या भोगिरहेको बीमा कम्पनीहरुमा पून ठूलो समस्या परेको उनको भनाई छ । ‘यो पटक बीमा कम्पनीहरुमा मात्र आर्थिक भार परेको छैन सबै नेपाली नागरिकलाई कुनै न कुनै रुपमा भार थपिएको छ,’ उनले भने ।

यसबाहेक, जलेका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, विशेष अदालत, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवासमा समेत क्षति पुगेको छ । यद्यपि, यी निकायको बीमा छैन र सरकारी कोषबाट पुर्ननिर्माणमा खर्च गर्नुपर्ने छ ।

यससँगै, आर्थिक वर्ष २०८१/८२ मा ४१ अर्ब ४७ करोड प्रिमियम उठाएर १७ अर्ब ९० करोड दावी भुक्तानी गरेका निर्जिवन बीमा कम्पनीहरु माथि आर्थिक भार थपिएको छ । बीमा कम्पनी माथि त्यतिकै दावी दिँदैन भन्ने आलोचना छ । यसमा बीमा विज्ञ रविन्द्र घिमिरेले बीमा कम्पनीहरुमा ठूलो सकंट परेको बताएका छन् । उनले बीमा कम्पनीहरुले यस्तो समयमा निकै धैर्यतासँगै यसको समाधानको उपाय खोज्न जरुरी रहेको बताएका छन् ।

उनी भन्छन्, ‘बीमा क्षेत्रमा ठूलो आर्थिक भार परेको छ । बाढीको समयमा पनि बीमा क्षेत्रलाई निकै असर परेको थियो ।’ जेनजीको आन्दोलनको माग ठिकै थियो तर सम्पक्तिको क्षति गर्नु ठिक नरहेको उनको बुझाई छ । यो आन्दोलनले बीमा क्षेत्रमा सुधारको खाँचोलाई पनि उजागर गरेको छ । सामाजिक अस्थिरताबाट उत्पन्न हुने जोखिमलाई समेट्ने नीति र बलियो वित्तीय रणनीति अब अपरिहार्य भएको पनि बुझिएको छ ।

सबैभन्दा धेरै क्षति भाटभटेनी

भाटभटेनीको देशव्यापी रुपमा रहेका आउटलेटमा ठूलो क्षति भएको छ । देशभरका २१ वटा भाटभटेनी आउटलेटमा क्षती पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । जहाँ कम्तिमा ५० अर्ब रुपैयाँको क्षती को आँकलन गरिएको छ । यसको दावी रकम समेत अर्बौं रुपैयाँमा आउने निश्चित छ ।

यसबाहेक, जलेका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, विशेष अदालत, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवासमा समेत क्षति पुगेको छ । यद्यपि, यी निकायको बीमा छैन र सरकारी कोषबाट पुर्ननिर्माणमा खर्च गर्नुपर्ने छ ।