आन्दोलनमा बैंक तथा वित्तीय संस्था: गभर्नरको घर जलाउनेदेखि शाखाहरूमा आगजनी र लुटपाटसम्म

कृषि विकास बैंकका कर्मचारीको टाउकोमा गोली, ५ दर्जन शाखामा पुग्यो क्षती


काठमाडौं – शान्तिपूर्ण भनिएको भदौ २३ को नयाँ पुस्ताको आन्दोलनमा सरकारी दमनपछि १९ जनाको मृत्यु हुँदा देशले ठुलो क्षति भोग्नुपरेको छ । भदौ २३ गते शान्तिपूर्ण रूपमा संसद् भवन अघि आन्दोलनमा पुगेका युवा समूह (जेनजी)माथि सरकारले बर्बर दमन गर्दा १९ जनाको मृत्यु भएको थियो । जुन यतिबेला बढेर ३४ पुगिसकेको छ ।

तर, आन्दोलनकारी यतिमा मात्रै रोकिएनन् । देशको अर्थतन्त्रको मेरुदण्डकारुपमा रहेका वित्तीय संस्थाले समेत ठूलो क्षति भोग्नुपर्यो

त्यसको विरोधस्वरुप भदौ २४ गते देशव्यापीरुपमा आन्दोलनको आगो उठ्यो र राज्यले ठुलो नोक्सानी भोग्नुपर्यो । देशैभरबाट सर्वसाधारण ठुलो संख्यामा सडकमा उत्रिँदै देशैभरका सार्वजनिक र सरकारी सम्पत्ति, राजनीतिक दल र नेताका घरमा आक्रमण गरे । साथै, संसद् भवन, सिंहदरबार, सर्वोच्च र विशेष अदालत, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवास लगायत पूर्णरुपमा क्षति पुग्यो ।

तर, आन्दोलनकारी यतिमा मात्रै रोकिएनन् । देशको अर्थतन्त्रको मेरुदण्डकारुपमा रहेका वित्तीय संस्थाले समेत ठूलो क्षति भोग्नुपर्यो । २४ गतेको आन्दोलनबाट देशभरका विभिन्न स्थानमा वित्तीय संस्थाहरूले आक्रमण, आगजनी र लुटपाट भोग्नुपर्यो । खासगरी, आन्दोलनकारीको निशानामा राजनीतिक दल, नेता र सरकारी सम्पत्तिसँगै निजी सम्पत्ति, उद्योग, व्यवसाय र बैंक तथा वित्तीय संस्था समेत निशानामा परेका थिए ।

सोमबारको आनदोलनको प्रभावस्वरुप बैंक तथा वित्तीय संस्था निशानामा परेपछि मंगलबार आंशिक सेवा दिएका बैंकहरु बुधबार पूर्णरुपमा बन्द भए । आज बिहीबारदेखि भने बैंकहरुले आंशिक सेवा सुचारु गरेका छन् । आन्दोलन हिसां र उदण्डतामा परिणत भएपछि देशभर गरी कूल ६० वटाभन्दा बढी शाखा र दर्जनौं एटीएम बुथमा क्षति पुगेको छ ।

यसबाहेक, दर्जनौं एटीएम बुथमा लुटपाट र तोडफोड भएका छन् । ‘तर, यो विवरण अन्तिम होइन । हामी सूचना र विवरण लिँदैछौं,’ शर्माले भने, ‘शाखामा भएको क्षतिको विवरण आउन अझै समय लाग्छ ।’

नेपाल बैकर्स संघ यतिबेला देशभरका बैंक तथा वित्तीय संस्थामा पुगेको क्षतीको विवरण तयार पार्दै छ । यद्यपि, अहिलेसम्म आएको जानकारीअनुसार ६० भन्दा बढी शाखामा तोडफोड, आगजनी र लुटपाट भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार ५ दर्जनभन्दा बढी शाखामा पूर्ण वा आंशिक क्षती भएको छ ।

यसबाहेक, दर्जनौं एटीएम बुथमा लुटपाट र तोडफोड भएका छन् । ‘तर, यो विवरण अन्तिम होइन । हामी सूचना र विवरण लिँदैछौं,’ शर्माले भने, ‘शाखामा भएको क्षतीको विवरण आउन अझै समय लाग्छ ।’

लुटपाटको प्रयाससँगै आगजनी

आन्दोलन उग्र बनेको दिन अर्थात भदौ २४ गते साँझमा एकाएक बैंक लुट्न सुरु भएको हल्ला फैलियो । दिनभर सरकारी कार्यालय जलाएर ध्वस्त पारेका आन्दोलनकारीका विभिन्न समूह रातमा लुटपाट र हिंसा मच्चाउनतर्फ अग्रसर बनेका थिए । सरकार र प्रहरी प्रशासन नभएको मौका छोपेर लुटेराहरुको समूह बैंक पस्न थालेको थियो ।

सुरुमा हल्लाजस्तै लागेपनि बानेश्वस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड गरेर एक समूहले नगद लुटपाट गरेको पाइएपछि सुरक्षामा तैनाथ सेनाले पक्राउ गरेको थियो । सेनाले ५ जनालाई पक्राउ गरिसकेको छ भने लुटपाट गर्नेहरुले बैंकको कागजात पनि तित्तरबित्तर पारेका थिए । उनीहरुले बैंकको भल्ट तोड्न नसकेका कारण पैसा भने सुरक्षित रहेको पाइएको छ ।

यता, सोहिदिन आन्दोलनकारीले बत्तिसपुतलिमा रहेको मारवाडी सेवा समितिको भवन पनि जलाएका थिए । जसकारण सो भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्ण रुपमा नष्ट भएको छ । यस्तै, आन्दोलनकारीहरुले थापाथलीको सेन्ट्रल विजेनस पार्कमा आगजनी गर्दा त्यहाँ रहेको ग्लोबल आईमई बैंकको शाखा कार्यलय पुर्ण रुपमा क्षति पुगेको छ । तर, पैसा भने सुरक्षित नै छ ।

सुरुमा हल्लाजस्तै लागेपनि बानेश्वस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड गरेर एक समूहले नगद लुटपाट गरेको पाइएपछि सुरक्षामा तैनाथ सेनाले पक्राउ गरेको थियो ।

सेन्ट्रल विजेनस पार्कमा आगलागी हुँदा सोहि भवनमा रहेको नेपाल बैंकर्स एशोशिएसनको कार्यालय पनि पूर्ण रुपमा क्षति भएको छ । यस्तै, चितवनको भरतपुर र मोरङको विराटनगर रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा पनि पूर्ण रुपमा क्षति भएको छ । प्रदर्शनकारीहरुले बैंकहरुको एटिएमहरुमा पनि तोडफोड गरेका थिए । जेनजीको आन्दोलनका आडमा अराजक समूहले बैंकको शाखा कार्यालय र एटिएम मेसिनहरु तोडफोड गर्दै आइरहेका छन् । यसैक्रममा कंलकीको भाटभटेनीमा रहेको हिमालयन र एनआईसी एशिया बैंकको एटिएममा लुटपाट र तोडफोड भएको छ ।

कृषि विकास बैंकका कर्मचारीलाई लाग्यो गोली

आन्दोलनका क्रममा कृषि विकास बैंकका कर्मचारीलाई गोली समेत लागेको पाइएको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो । बैंकको आफ्नै कार्यकक्षमा काम गरिरहेको समयमा नै उनलाई गोली लागेको हो ।

यता, कृषि विकास बैंकको पनि किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरेका छन् । साथै, कृषि विकास बैंकको लहान शाखा रहेको खाद्य संस्थानको डिपो जलाउन खोज्दा पनि बैंकको शाखा पनि पूर्ण रुपमा क्षत्रि भएको छ । बैंकको धनगढी शाखाको गाडीमा क्षति भएको छ ।

गभर्नर पौडेलको घरमा आगजनी

आन्दोलनको निशानामा गभर्नर डा. विश्वनाथ पौडेल पनि परेका छन् । कांग्रेसको नेतासँग निकट भएकाले गभर्नर पद पाएको भन्दै आन्दोलनकारीले डा. पौडेलको घरमा आगजनी गरेका हुन् । पौडेलको भैसेपाटीस्थित र चितवनमा रहेको घर जलाइएको थियो । उनको घर जलाउँदै गरेको भिडियो लाइभ गर्ने क्रममा भिडले कांग्रेस निकट र कांग्रेसीको आरोप लगाउँदै घरमा आगो झोसेको देख्न सकिन्छ ।

गभर्नर पौडेलले घर जलाएको भिडियो शेयर गर्दै आफ्नो गल्ती नहुँदा पनि निजि सम्पत्तिमा आक्रमण भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मैले कसैको पैसा खाएको छैन र खाएको प्रमाण भए उजुरी गर्दा हुन्छ ।’ यद्यपि, उनको घरमा पूर्ण क्षति भने भएको छैन । दुईवटै घर मर्मत गर्न मिल्ने स्थितिमा रहेको बताइएको छ ।

क्षतिको विवरण लिँदै छौं – राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक मंगलबारको आन्दोलनबाट क्षति पुगेको बैंक तथा वित्तीय संस्थाको विवरण लिइनसकेको बताउँछ । भदौ २३ गतेको आन्दोलन २४ गते उग्र बन्दा देशको राजनीतिक र आर्थिक स्थिति नै बिग्रन पुग्यो । त्यसकारण, २४ गते उग्र बनेको आन्दोलनका कारण बिग्रेको बैंकिङ्ग प्रणालीलाई लयमा ल्याउनु नै प्राथमिकतामा परेकाले क्षतिको विवरण संकलन गरिनसकेको सूचना अधिकारी सुमन न्यौपाने बताउँछन् ।

‘नेपाल राष्ट्र बैंकका कार्यालयहरुमा आक्रमण भएको छैन,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा भएको आक्रमणको विवरण संकलनका क्रममा छ ।’ पहिलो प्राथमिक्ता बैंक तथा वित्तीय संस्थाको सेवालाई सामान्य बनाउने भएकाले यसतर्फ लाग्दा क्षतिको विवरण संकलन नभएको न्यौपानेको भनाई छ ।