बजार कहिले र कसरी खोल्ने सम्बन्धमा छलफल गरी निर्णय दिन लगानीकर्ताहरुको आग्रह


काठमाडौं – शेयर बजारका लगानीकर्ताहरुले पुँजी बजार सुधार गर्न र बजार सञ्चालन सम्बन्धी निर्णय दिन नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् । अहिलेको विषम परिस्थितिले गर्दा लगातार तिन दिनदेखि बन्द रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालन लगानीकर्ताहरुले बोर्डलाई अनुरोध गरेका हुन्।

त्यस्तै, अहिलेको असहज परिस्थिति र राष्ट्रिय अन्योलतालाई मध्यनजर गरी सबै सरोकारवालाहरू लगानीकर्ता, नेप्से, ब्रोकर, सिडिएससी, अर्थमन्त्रालय एवं अन्य नियमक निकायको गोलमेज भेला र बैठक गरी पुँजीबजार सुधारका खाकासहित बजार कहिले र कसरी खोल्ने सम्बन्धमा छलफल गरी छिटो निर्णय गर्न बोर्डलाई अनुरोध गरेको छ ।