जेनजी आन्दोलनको फाइदा उठाउँदै भागेका बलत्कारी कैदीद्वारा अर्को बलात्कार प्रयास 


काठमाडौं – जेनजी आन्दोलनको अवसरमा कारागारबाट भागेका एक कैदीबन्दीले कारागारबाट भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास गरेका छन् । 

दीपक सुनार भने ३५ वर्षीय अपराधीले बुधवार दिउँसो दोधारा चाँदनी नगरपालिका–१ मा मदिरा सेवन गरेर ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गर्न खोजेका थिए। घटनास्थलमा महिला चिच्याएपछि सुनार भाग्न खाेज्दा स्थानीयहरूले नियन्त्रणमा लिएका थिए।

सुनार दुई वर्षअघि बलात्कार नै गरेको मुद्दामा सजाय भुक्तान गर्दै थिए, तर कैद भुक्तान नपुगेको अवस्थामा जेनजी आन्दोलनको अवसरमा फरार भएका थिए।

स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको सुनारलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको छ। सुनारमाथि नयाँ मुद्दा दर्ता गर्दै घटनाको विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।