सागर डिष्टिलरीको साधारण शेयर निष्काशन स्थगित


काठमाडौं – सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री स्थगित हुने भएको छ ।

सागर डिष्टिलरी लिमिटेडले मिति २०८२।०५।२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२।०५।१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सागर डिस्टिलरीले जनाएको छ।