काठमाडौं – सुन्धारास्थित केन्द्रीय कारागारबाट बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे समेत फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारका तोडफोड र आगजनी गर्दै कैदीहरू भाग्ने क्रममा गोरे समेत भागेका हुन् ।
सुन तस्करी, हत्याका नाइकेका रूपमा चिनिएका गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । त्यस कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि फरार भएका थिए ।
प्रहरीका अनुसार सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका हुन् ।






About Us
प्रतिक्रिया