बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट असार २२ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ५९ करोड छ । कम्पनीले सोही पूँजीको आधारमा शत प्रतिशत अर्थात रू. १० अर्ब ५९ करोड बराबर कै हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।
कम्पनीको विक्री प्रबन्धक सिटीजन इन्भेष्टमेन्ट ट्रष्ट र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
प्रतिक्रिया