सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौं – हिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आज बुधबार दिउँसो साढे तीन बजेदेखि विमानस्थल सञ्चालनमा आएको हो ।

विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको हो ।