धादिङ कारागारबाट भाग्न खोज्ने कैदीमाथि सेनाले चलायो गोली 



काठमाडौं  – जिल्ला कारागार धादिङबाट भाग्न खोज्नेहरु कैदीमाथि सेनाले गोली चलाएको छ । अन्य स्थानका कैदीहरू भागेका भन्दै भाग्न खोजेका कैदीहरूलाई सेनाले गोली चलाएको हो । 

त्यस्तै, सेनाले चलाएको गोली ८ जनालाई लागेको छ । सेनाले चलाएको उक्त गोली बाट १ जनाको निधन भएको छ भने ५ जनाको अवस्था मध्यम रहेको र २ जनाको अवस्था गम्भीर रहेको छ ।