कर्जा र ब्याज समयमै भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

कर्जा र ब्याज समयमै भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह


बैंकिङ समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कर्जा र ब्याज समयमा नै भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । कर्जा र साँवा र ब्याज समयमै भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने केन्द्रीय बैंकले सूचनामा जनाएको छ ।

ब्याज समयमै नतिर्दा कालो सूचीमा पर्ने र धितो समेत लिलाम हुन सक्ने छ ।

कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने भएकाले बैंकले कर्जा समयमै नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।