बैकिङ्ग समाचार ।
बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन हुँदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले लागु गरेको बुक विल्डिङ्ग निर्देशिकाले यस्तो ब्यबस्था गरेको हो ।
जस अनुसार सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ । त्यस्तै आईपिओ बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी शेयर बाडफाँट गर्नु पर्ने छ ।
त्यस्तै सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दा कट अफ मूल्य भन्दा १० प्रतिशत भन्दा कममा शेयर निष्काशन गर्नु पर्ने छ ।
प्रतिक्रिया