काठमाडौं – सर्वोच्च अदालतले सम्पूर्ण पेसी स्थगित गरेको छ । जेनजीहरुले आगजनी गरेपछि सर्वोच्च अदालतको काम ठप्प भएको हो । अदालत प्रशाशनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ, ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ।’



About Us
प्रतिक्रिया