पशुपतिनाथमा तोडफोड गर्न खोजेपछि सेना पुग्यो


काठमाडौं – पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि नेपाली सेनाकाे टाेली पुगेकाे छ ।

जेनजीको आन्दोलनको मौका छोपी केही अराजक समूह पशुपतिनाथ पुगेसँगै स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको हाे।