जेनजीहरूलाई सन्दुक रुइतको अपिल सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु


काठमाडौं – वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जेन्जीहरूलाई अपिल गरेका छन्। उनले एक विशेष अनुरोध जारी गर्दै सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका हुन् ।

उनले लेखेका छन्,`परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीति नेतृत्व पछाडि हटिसकेको छ यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजानी गर्नु र नष्ट गर्नु उचित हुँदैन।´

उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व रहेको बताउदै सार्वजनिक सम्पत्तिको नोक्सानी नगर्न र गर्न नदिन संयम बन्नुपर्ने बताएका छन्।