संयम अपनाउन जेनजी प्रदर्शनकारीलाई सेनाको अनुरोध


काठमाडौं- नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन जेनजी आन्दोलनकारीहरूलाई अनुरोध गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको हो।

नेपाली जनताको जिउ धन रक्षा गर्ने प्रतिबद्धता गर्दै अवस्थालाई शान्त पार्न अनुरोध गरेको छ। यस्तै, नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रम पनि विश्लेषण गरिरहेको  विज्ञप्तिमा उल्लेख गरिएको छ।