रामचन्द्र पौडेलको घरमा आगलागी


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको घरमा आगलागी भएको छ । आन्दोलनरत जेनजीले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन् ।

शेर बहादुर देउवाको घरमा आन्दोलनरत जेन्जीले आगो लगाएका छन्। उता धनगढी स्थित आर्जु राणा देउबाको घरमा पनि जेन्जीले आगो लगाइदिएका छन्। पूर्व गृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाइदिएका छन् भने विभिन्न ठाउँमा जेनजी पुस्ताले टायर बालेर आन्दोलन गर्दै आइरहेका छन्।

यससँगै एमालेका विभिन्न पार्टी कार्यालयहरू पनि तोडफोड गर्दै आइरहेका छन्।