शेरबहादुर देउवाको घरमा आगलागि


काठमाडौं – शेरबहादुर देउवाको घरमा आन्दोलनरत जेन्जीले आगो लगाएका छन्। सोमबार उनीहरूले गरेको प्रदर्शनमा बिथोलिएपछि आक्रोशित बनेका जेन्जीले देउबाको घरमा पुगेर आगो लगाइदिएका हुन्।

उता धनगढी स्थित आर्जु राणा देउबाको घरमा पनि जेन्जीले आगो लगाइदिएका छन्। पूर्व गृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाइदिएका छन् भने विभिन्न ठाउँमा जेन्जी पुस्ताले ट्रायल बालेर आन्दोलन गर्दै आइरहेका छन्।

यससँगै एमालेका विभिन्न पार्टी कार्यालयहरू पनि तोडफोड गर्दै आइरहेका छन्।