उपत्यकाका प्रहरी बिटमा जेनजी लगाए आगो


काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको प्रहरी बिटमा जेनजी आन्दोलनकारीले आगो लगाएका छन् । जेनजी आन्दोलनकारीले बसुन्धारा, रातोपुल, कालोपुल, न्यूरोडका साथै कुपण्डोलको प्रहरी बिट जलाएका हुन् ।

नेताहरुको निवासमा आगलागी गर्दै हिडेका युवाहरुले प्रहरी बिटहरुमा समेत आगो लगाइदिएका हुन् ।